अन्तर्राष्ट्रिय मान्यतामा ठूलो बाधक अमेरिका : तालिबान सरकार | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मान्यतामा ठूलो बाधक अमेरिका : तालिबान सरकार


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काबुल– तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधक भएको बताएको छ ।

तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा सो कुरा भनेका हुन् ।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । उनले यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले आफूहरुलाई चिन्न नसकेको बताए ।

उनले भने, ‘हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिउन् ।’

साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ४८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु