कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीशहरू खतिवडा, भट्टराई र श्रेष्ठको इजलासमा | Khabarhub Khabarhub

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीशहरू खतिवडा, भट्टराई र श्रेष्ठको इजलासमा


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : २८ बजे

अब शिक्षकले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्छ

संविधान सभाबाट संविधान जारी भएको आठ वर्षपछि जसोतसो संघीय शिक्षा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो

काठमाडौं– आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु

भक्तपुर– भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आजदेखि आठ

आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका