अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट | Khabarhub Khabarhub

अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन  च्या च्युनले नेपालको विकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।

मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै युआन च्या च्युनले नेपालको विकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् । 

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पनि नेपाल विकासको प्रयासमा रहेकाले चीन सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण रहेको बताएका थिए । त्यस्तै चिनियाँ नेता युआन  च्या च्युनले नेपाल भ्रमणका क्रममा भएको भेटवार्ताका बारेमा पनि जानकारी गराएका थिए भने ओलीले दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरेको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिएका छन् । 

नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आएका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १२ : ४४ बजे

वैदेशिक व्यापार घट्यो, अघिल्लो वर्षको तुलनामा साढे दुई प्रतिशतले घट्यो आयात

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट– हुम्लाको  जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी