तनहुँका अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति | Khabarhub Khabarhub

तनहुँका अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ ।

व्यास नगरपालिकाको सक्रियतामा गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो ।

उनले भने, ‘औषधि पसलमा फार्मेसी पढेका र अनुमतिपत्र प्राप्त व्यक्तिमात्र बसेर औषधि बिक्री गर्न पाउँछन् । तर सञ्चालनमा रहेको अधिकांश औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति भेटिएनन् ।’ त्यस्तै अनुगमनका क्रममा अधिकांश औषधि पसल नगरपालिकामा दर्ता नभएको समेत भेटिएको उनको भनाइ छ ।

अनुगमन टोलीले वेदान्त मेडिकल, आयु औषधि पसल, युनिक फर्मा, सिटी मेडिकल, विजय मेडिकल, पाण्डे फार्मेसी, स्टार पारस मेडिकल, मिर्लुङ मेडिकल हल, ऋषि फार्मेसी, निष्ठा फार्मेसी, श्रेया फार्मेसी, राकु मेडिकल सेन्टर, राना मेडिकल हल, कृष्ण मेडिकल फर्मा, शीतल आयुर्वेद फर्मा, मित्रता फार्मेसी, हेल्थ केयर फार्मेसी, तनहुँ डेन्टल फार्मेसी, थापा मेडिकल हल र मिश्र मेडिकल हलमा अनुमगन गरेको थियो ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार फार्मेसी पढेका व्यक्तिले अनुमतिपत्र लिएर भाडामा दिने गरेको जनाइएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा अनुमतिपत्र भाडामा लगाउने र फर्मासिस्ट पढेका प्राविधिक अन्यन्त्र काम गर्ने गरेको भेटिएको उनको भनाइ छ ।

अनुगमन टोलीले केही औषधि पसलबाट म्याद सकिएको औषधि जफत गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १ : ०७ बजे

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली–  घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया

कांग्रेसको नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं– राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

काठमाडौं– सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा

पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदबमोजिम

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन