पर्यटकीय गन्तव्य बन्दै 'साँखदह'  | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘साँखदह’ 


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमरुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

दह अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेका कारण पनि यो दह पर्यटकको रोजाइमा परेको हो । साँखगाउँको पूर्वतिर एउटा टापु छ । उक्त टापुबाट साँखगाउँ र गाउँ रहेको दह देखिने भएकाले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु गाउँ र दहको अवलोकन गरेरमात्र फर्कन्छन् । 

पछिल्लो पटक स्थानीय तहले दह वरपर विभिन्न संरचना निर्माण गरेपछि दह झनै हेर्न लायक भएको छ । बर्खाको समयमा दहमा पानी भरिएका कारण पनि सुन्दर देखिने स्थानीयवासी गोविन्द मगरले बताएका छन् । ‘पहिला–पहिला दह हेर्न कोही पनि आउँदैन थिए, जब मध्यपहाडी लोकमार्गमा गाडी चल्न थाले बिस्तारै यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ’, उनले भने । 

‘दहमा नयाँ संरचना पनि बनेका रहेछन्, पहिलाभन्दा दह हेर्न लायक बनेको रहेछ’, यहाँ घुम्न आएका गोपाल रावतले भने । दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुंगाबिच्छ्याइएको छ । ‘पहिला दह हेर्न आउँदा केही व्यवस्थित थिएन, भैँसी आहाल बसेका हुन्थे, अहिले संरक्षण गरिएको छ’, उनले भने । 

पर्यटन प्रवर्द्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएका वडाअध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए। उनले भने, ‘अब दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन्, ताल अवलोकनका लागि सहज भएको छ ।’

दह परिसरमा दुई प्रतीक्षालय, दह वरिपरि ढुंगा बिच्छ्याएको बाटो,  रेलिङ र दह वरिपरि पर्खाल निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासका लागि नालासमेत निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए ।   

ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएका छन् । अब ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाइ छ । ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ ।

ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना रहेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : २८ बजे

धानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको

नेपालमा भएको दमनबारे के भने युनिसेफसहित राष्ट्रसंघीय निकायले ?

काठमाडौं – नेपालमा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको