भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई  « Khabarhub

भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई 


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । 

भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।

१ लाख राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका हुन्  । पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसँग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानूनलाई छिटै सदनमा लगिने बताएका छन् ।

त्यस्तै केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरूलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए ।

उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरू कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ३५ बजे

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार