सिटी स्क्यान बिग्रिँदा सेवा प्रभावित « Khabarhub

सिटी स्क्यान बिग्रिँदा सेवा प्रभावित


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवा प्रभावित भएको छ। अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको हो।

सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको वार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो। मेसिनको ग्राफिक्स कार्डमा नै समस्या आएको अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले बताए।

अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०-५० जना बिरामीले सेवा लिँदै आएका थिए। २०७४ जेठमा ६ करोड ४७ लाख रूपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो।

मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै वर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो। सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई वर्षौँसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ०९ बजे

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण