लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ « Khabarhub

लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो ।

गाई÷गोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नेलगायतका कारण जिल्लामा अपेक्षित मात्रामा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएसँगै उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विज्ञले बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिका र सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा रोपाइँ सम्पन्न भएको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत र रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९पन्ध्र वडा रहेको० दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६०, साकेला गाउँपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा ५०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, केपिलासगढी गाउँपालिकामा ४५, बराहपोखरी गाउँपालिकामा ४० प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ । रोपाइँ गर्ने समय बित्नै लागेपछि जिल्लामा पानीको स्रोत भएका ठाउँका किसानलाई हाल आ–आफ्नो खेतमा धान रोप्न भ्याइनभ्याइ भएको पाइएको छ ।

जिल्लामा कूल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा मात्रै किसानले धान खेती लगाउने गरेको जनाइएको छ । विभिन्न आयोजनामार्फत सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार आठ सय दुई हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए।

लम्पी स्कीन रोगको महामारीले गाई÷गोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँ प्रभावित भएको किसानले बताएका छन् । खेत जोत्ने प्रविधि कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले गोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन् ।

देशभर महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोगबाट जिल्लामा तीन सयभन्दा बढी गाईरगोरु मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङ दिक्तेलले जनाएको छ । मुख्यगरी खेतबारी जोत्नका लागि जिल्लाका किसानले पालेका गाईरगोरुमा फैलिएको लम्पी स्कीन नियन्त्रणमा हालसम्म कसैको ध्यान नपुगेको जिल्लाबासीको आरोप छ ।

लम्पी स्कीन नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ । लम्पी स्कीन पीडित कृषकका लागि निःशुल्क वितरणका लागि पठाइएको औषधि प्राविधिकले शुल्क लिएर बिक्री गरेको बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको स्थानीय तहका पशु शाखा प्रमुखले बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ३३ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको