पर्यटनमार्फत एक करोड रुपैयाँ आम्दानी | Khabarhub Khabarhub

पर्यटनमार्फत एक करोड रुपैयाँ आम्दानी


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत एक करोड ३० लाख रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातोपानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई ६३ लाख ११ हजार, वडा नम्बर २ को भुरुङ तातोपानी कुण्डलाई ५५ लाख नौ सय र वडा नम्बर ५ को पाउद्वार तातोपानी कुण्डलाई २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ ।

प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

‘पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छौँ’, उनले भने ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार वाहलबटौली कर लिने गरेको छ ।

गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो ।

घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०१ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र