तीन तहको सरकारमा समन्वय आवश्यक : मुख्यमन्त्री शर्मा « Khabarhub

तीन तहको सरकारमा समन्वय आवश्यक : मुख्यमन्त्री शर्मा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेको हुँदा यसलाई माथि उकास्न आवश्यक रहेको बताए ।

‘समस्या र अभाव छ, त्यहाँ सरकार हुुनुुपर्दछ’, उनले भने, ‘यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आमनागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।’

ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकाले सङ्घ सरकारसहितका सरोकारवालालाई सहयोग गर्न अपिल गरे ।

शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उनले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताए ।

‘हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ’, उनले भने, ‘ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरौँ र सबैलाई शिक्षाको पहुँचमा ल्याऔँ ।’ प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापनामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : १२ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर