राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै, राजसंस्थाबारे धारणा तय गर्ने « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै, राजसंस्थाबारे धारणा तय गर्ने


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ । सो बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन्।

सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रीय समिति समक्ष आफ्नो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री बर्तौलाले जानकारी दिए ।

राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत भइसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ०३ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको