सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

यसैगरी, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १२ : ११ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार