इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन्। 

अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईको निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन्।

 आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ-छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले जानकारी दिइन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई.रबी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्‍याएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : ३७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग