सुन प्रकरणसम्बन्धी सूचना उपलब्ध गराउन सिआइबीको अनुरोध « Khabarhub

सुन प्रकरणसम्बन्धी सूचना उपलब्ध गराउन सिआइबीको अनुरोध


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए ।

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनले बताए। उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ ।

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्यूरोले जनाएको छ ।

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ । यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट सूक्ष्मरुपमा अनुसन्धान भइरहेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा केही दिन अघि मात्रै ब्यूरोले आफ्नो अनुसनधान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । उक्त प्रकरणमा भोलि अदालतमा मुद्दा लैजाने तयारी छ । उक्त प्रकरणमा १८ जना हिरासतमा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ४० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।