एमालेको गण्डकी अधिवेशन असोज १५ र १६ गते | Khabarhub Khabarhub

एमालेको गण्डकी अधिवेशन असोज १५ र १६ गते


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । 

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

उनले सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने बताए । ‘नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको छ’, सचिव दवाडीले भने, ‘प्रतिनिधि छनोटसँगै अरु व्यवस्थापकीय तयारीका काममा लागिरहेका छौँ ।’

प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गराएका हुन् ।

विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश अध्यक्षको आकांक्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मि आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ ।

अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ३८ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी