श्रमदान गरेर सडक मर्मत « Khabarhub

श्रमदान गरेर सडक मर्मत


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् ।

अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए ।

‘स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो’, उनले भने, ‘२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी भए ।’

अधिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ५० बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर