श्रमदान गरेर सडक मर्मत | Khabarhub Khabarhub

श्रमदान गरेर सडक मर्मत


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् ।

अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए ।

‘स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो’, उनले भने, ‘२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी भए ।’

अधिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ५० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु