सेरोगेसीमाथि कठोर बन्दै इटाली | Khabarhub Khabarhub

सेरोगेसीमाथि कठोर बन्दै इटाली


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इटालीको सरकारले एलजीबीटीक्यूलाई लक्षित गर्दै नयाँ कानुन ल्याएको छ। सो कानुन अनुसार एउटै लैङ्गिक पहिचान भएकाहरूको छोराछोरीका लागि असहज वातावरणको सिर्जना गरिदिएको छ। इटालीले विदेशमा सेरोगेसीलाई अवैध ठहर गर्ने ढङ्गको कानुन ल्याउन लागेको हो।

उनीहरूले आफ्ना सामु दुई विकल्प मात्र खुला भएको गुनासो व्यक्त गरेका छन्। पहिलो मृत्युवरण गर्ने या अर्को त्यहाँबाट भाग्ने। क्लाउडियो र डेभिड दुई जना एक आपसमा श्रीमान् हुन्। यिनीहरूले विदेशमा गएर सेरोगेसी गराएर बच्चा ल्याउने गरेका थिए। इटाली र युरोपका धेरै देशमा सेरोगेसी अवैध भएका कारण अन्य वैध भएको देशमा बच्चा लिएर आउने प्रचलन छ।

इटालीको संसद्ले नै संसारको जहाँ भए पनि सेरोगेसीलाई अपराध ठहर गर्ने तथा यसरी बच्चा ल्याउने कामलाई मानव बेचबिखन अपराधमा सूचीकृत गर्ने कानुन ल्याउँदै छ। इटाली जस्तै कानुन अन्य देशमा छैन। संसद्ले यो विधेयक कानुनका रूपमा पास गरेमा क्लाउड र डेभिड जस्तालाई दुई वर्षसम्म जेल सजाय हुनसक्ने छ भने १० लाख युरोसम्म जरिवाना हुनसक्ने छ।

क्लाउडियोलाई आफूहरू जेल जाने तथा बच्चाहरू अनाथ झैँ जिन्दगी बिताउनुपर्ने सम्भावनाले पिरोली रहेको छ। अहिले सबै जना आफ्नो परिचय लुकाउन व्यस्त छन्। उनीहरूले यसरी परिचय लुकाउनुको कारण आफू र बच्चाको भविष्यकै चिन्ता हो। अहिले धेरै जान एलजीबीटीक्यु कानुन नरम भएको देशमा शरण माग्न जाने योजनामा छन्।

डेभिडले नेदरल्यान्ड्स या माल्टालाई उपयुक्त ठानेका छन्। डेभिडले बाबुको भूमिका निर्वाह गर्नका लाग परदेशी हुने विचार गरेका छन्। आफ्ना लागि अनुकूल हुने समुदाय छाडेर उनीहरू टाढा कतै जाँदै छन्।

इटालीको पहिलो महिला प्रधानमन्त्री जर्जीया मेलोनीको शासन कालमा भएको यो परम्परावादी निर्णयको रूपमा हेरिएको छ।

युद्धको समयमा मुसोलीनीको फाँसीवादी दलको अभियन्ता र समर्थकको रूपमा समेत उनलाई लिने गरिन्छ। उनी आफूलाई क्रिस्चीयन आमाको रूपमा व्याख्या गर्छिन्। उनले बाबु र आमाले हुर्काएको बच्चालाई मात्र वैध ठान्छिन्।

क्याथोलीक चर्चको कानुनले मान्यता पाउने सो देशमा समलिंगी विवाहलाई अवैध ठहर गरिएको छ। साथै अन्य युरोपेली देशमा भन्दा समान लैङ्गिक पहिचान भएकाविरुद्ध कडा कानुन ल्याइएको छ। यस कारण समलीङ्गीका लागि अन्य देशमा गएर सेरोगेसी निर्विकल्प बनेको थियो।

यो प्रचलन लामो समयदेखि इटालीको राजनीति वृत्तमा चर्चाको विषय बनी रहेको थियो। प्रधानमन्त्री मेलोर्नीले यसलाई घृणित कार्य भन्दै यसले पैसाको बलमा ईश्वरीय शक्तिको दुरुपयोग गरेको तर्क राख्दै आएकी थिइन्। उनले यसलाई अमानवीय अभ्यासको संज्ञा समेत दिएकी थिइन्।

उपप्रधानमन्त्री माटेभो साल्भीनीले पनि यो अभ्यासले महिलाले बच्चा पाउने क्षमतालाई एटिएमको रूपमा प्रयोग गरेको गुनासो गरेका छन्। रोमको साम्पान्जीया विश्व विद्यालयमा कम्पेरेटीभ पब्लिक लका प्राध्यापक एन्जेलो सिलाचीले प्रस्तावित ऐनलाई तर्कहीनको संज्ञा दिएका छन्। उनले सेरोगेसीलाई दुराचार तथा मानवता विरोधी अपराधकै तहमा राख्नु अत्यन्त गलत भएको प्रतिक्रिया दिएका छन्।

हाम्रा मित्रवत् र सहयोगी सम्बन्ध रहेका अमेरिका र क्यानडा जस्ता वैध रहेको यी काममै यत्ति धेरै सजाय र अपराधको सजाय अत्यन्त गलत भएको उनको जिकिर छ। उनले यसलाई आर्मस्ड्रममा गाँजा सेवन गरेर इटालीमा फर्केपछि सजाय दिएको जस्तै भएको बताएका छन्।

यो एलजीबीटीमाथि इटालीमा जारी अन्यायकै अङ्ग भएकाले यसले धेरै समस्या निम्त्याउने उनको जिकिर थियो। एक जना सांसदकै भाइ कारोलीनी भारीचीले यो ऐन तयार पारेका हुन्। उनले सेरोगेसी गर्नेहरू धेरै जसो विषमलीङ्गी गएको प्रतिक्रिया दिए।

इटालीमा ९० सेरोगेसीमार्फत जन्मिएका बच्चाहरू खुलम खुल्ला थिए। १० प्रतिशतले मात्र आफ्नो परिचय र बच्चाको वास्तविकता लुकाउने गरेका थिए। अन्यत्र गएर बच्चा पाए पनि इटालीमा यस कुरालाई लुकाएर राख्नु पक्कै सहज होइन।
भारिचीले यस ऐनलाई महिलाको गरिमालाई बढाउने प्रतिक्रिया दिएकी छिन्। उनले महिलाको बच्चा जन्माउन सक्ने विशेष क्षमतालाई ग्राहकको भरमा उपयोग हुनु नहुने जिकिर गरेका छन्। यसले बच्चाहरूको बिचमा भेदभावको वातावरण सिर्जना गरेको समेत बताएकी छिन्।

अर्की एक सांसदले यसलाई गैर कानुनी बताएकी छिन्। उनलाई यसलाई वेश्यावृत्तिकै रूपमा लिइने जनाएकी छिन्। उनको मतमा जेल सजाय भन्दा जरिवानालाई प्राथमिकता दिइने छ।

सेरोगेसी वैध भएको देशमा पनि यसको मूल्य एकदमै बढी रहेको छ। कतिपय स्थानमा नगण्य मात्रमा विना पैसा पनि यो हुने गरेको छ। भारचीकै विचारमा अमेरिका र क्यानडामा एकदमै महंगो मूल्यमा यसको बिक्री हुने गरेको छ।

‘एक्काइसौँ शताब्दीमा पैसाले सबै कुरा खरिद गर्न मिल्दैन’, उनले भनेका छन्, ‘सन् २०२३ मा आइपुग्दा पनि पैसाको बलमा महिलाको खरिद गर्ने प्रचलन एकदमै गलत हो।’

धेरै सेरोगेसी गर्नेहरूले यस काममा सहयोग गर्नेहरूसँग गहिरो सम्बन्ध रहने गरेको बताएका छन्। कार्लो र डेभिडले उनीहरूको छोरा गर्भमै रहेको समयमा हर्टब्रेट रेकर्ड गर्न लगाइएको थियो। जुन कुरा उनीहरूले अहिले पनि सुन्ने गरेका छन्। राज तिनीले सेरोगेसीलाई पाठेघर भाडामा लिएको जस्तै तर्क गर्ने गरेको सुन्दा आफूलाई अचम्म लागेको माउरीजीको बताउँछन्।

उनको जुम्ल्याहा बच्चा पनि आठ महिना अघि सेरोगेसी मार्फत नै बेलायतमा जन्मेका थिए। उनीहरूका लागि बच्चालाई इटालीको नागरिकता प्रदान गर्न र निःशुल्क शिक्षा स्वास्थ्य दिलाउन अत्यन्त कठिन भएको बताएका थिए। ‘हाम्रो बच्चा इटालीको आँखामा नागरिक नै होइनन्। उनीहरूलाई अवैध आप्रवासीको झैँ व्यवहार हुन्छ,’ उनले भनेका थिए। यसले ती बच्चाहरू घरबाट बाहिर निस्कने बित्तिकै निराशाको सिकार हुनुपर्ने अवस्था पनि धेरै आउनसक्छ।

नयाँ ऐनमा बच्चा एडप्ट गर्ने कुरा भने सरकारसँग स्वीकृति लिएर गर्न सकिने जनाइएको छ। यसअघि पनि गैर लेस्बीयन आमा बाबुको बच्चाको बारे थुप्रै बहस भएको थियो। सायद इटालीको यस कानुनको असर संसारका अन्य देशमा पर्न पर्नसक्ने छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०२ बजे

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो