भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै  « Khabarhub

भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै 


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ। सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघखोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुन् ।

स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । 

जहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । लोकल कुखुरा र कोदोको ढिँडो, तोङ्बा, सुकुटी स्थानीय आलु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नका लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले जानकारी दिए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ । भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए ।

पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ ।

पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर