भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानाडाका रक्षामन्त्रीको भनाइ « Khabarhub

भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानाडाका रक्षामन्त्रीको भनाइ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ओटावा- क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् ।

सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भने, “म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकहरूलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ उनीहरूले साथीहरू बनाउनको लागि साझा आधार फेला पार्नेछन् ।’’

ब्लेयरले कूटनीतिक विवादले भारतीय–क्यानाडेली नागरिकमा पार्ने प्रभावबारे आफू जानकार रहेको बताए ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता क्यानाडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली काण्डमा भारतको संलग्नता रहेको आरोप लगाएपछि तनाव चर्किएको छ ।

गत जुन १८ मा क्यानाडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

क्यानाडाले भारतलाई निज्जरको मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ट्रुडोले भारतद्वारा आतंकवादी घोषित निज्जरको हत्यामा नयाँ दिल्लीको कथित संलग्नताबारे ओटावाले ‘भारतसँग रचनात्मक रूपमा काम गर्न’ चाहेको बताएको छ ।

क्यानाडाका रक्षामन्त्री ब्लेयरले भने, “मैले जारी अनुसन्धानमा यति धेरै जोड दिएको छु कि यसका कारण हामीले विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं, ताकि हामी र भारत सरकारले सत्य जान्न सक्छौं, तथ्यहरू प्राप्त गर्न सक्छौं र त्यसपछि यसलाई उचित तरिकाले समाधान गर्न सँगै काम गर्न सक्छौं ।”

“म कुनै पनि तरिकाले अनुसन्धानको अखण्डतामा आँच आउने कुनै पनि कुरा भन्न गइरहेको छैन, यो धेरै महत्वपूर्ण छ,” उनले भने ।

यसैबीच, भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतङ्कवादी, अतिवादी र सङ्गठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ को रूपमा पनि क्यानाडालाई उल्लेख गरेको छ ।

ब्लेयरले सीबीसीका प्रमुख राजनीतिक संवाददाता रोजमेरी बार्टनसँग भने, “हामीले हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरून् किनभने यसको परिणाम धेरै महत्वपूर्ण छ । सीबीसी न्यूजका अनुसार ब्लेयरले क्यानाडाले आफ्ना सहयोगी मुलुकबाट के–कस्तो गुप्तचर सूचना प्राप्त गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने अस्वीकार गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ३३ बजे

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र