सोमबार पनि सेयर बजार घट्यो « Khabarhub

सोमबार पनि सेयर बजार घट्यो


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार सोमबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा कायम भएको छ ।

यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ ।

यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेस्सरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ ।

यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : १३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति