माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा | Khabarhub Khabarhub

माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसअघि पहिलो हालमा सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खादै बाहिरिएपछि दुबै टीम १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै नेपालले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : २३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु