गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु « Khabarhub

गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गुल्मीमा- गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यसैगरी, सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ५१ बजे

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक