वासिङ्टन डीसीस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण « Khabarhub

वासिङ्टन डीसीस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रहेको क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम आक्रमण गरेका छन् । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले वाशिङ्टन डीसीमा रहेको आफ्नो मुलुकको दूतावासमा पेट्रोल बम आक्रमण भएको बताएका हुन् ।

विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिएका छन् ।

विदेशमन्त्री रोड्रिगेजले यसअघि ट्वीटर भनिने एक्स सामाजिक सञ्जालमार्फत् घटनाबारे जानकारी दिएका हुन् । एक्समा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।”

सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो । उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर हवाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा डियाज–क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युबाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा शेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ ।

रोड्रिगेजले आइतबारको आक्रमणपछि भने, “क्युबा विरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतङ्कवादको सहारा लिन्छन्, जसबारे क्युबाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ ।”

अप्रिल २०२० मा क्युबाका विदेशमन्त्रीले हवानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गरेका थिए ।

सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ती भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसाहरूमा क्षति पुर्याएको थियो ।

अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए ।

अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ३४ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ