चाँगुमा शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री « Khabarhub

चाँगुमा शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

चाँगु- भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँगुनारायण भक्तपुर निजी हो कि गैरनाफामुखी रुपमा सञ्चालित कलेज भनेर लामो समयदेखि विवाद छ । यही विवादका बीचमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिदिएको थियो । त्यस अनुसार मेयर खत्रीले कार्यभार पनि सम्हालिसकेका छन् ।

कार्यभार सम्हालेसँगै उनले कुनै हालतमा निजी बनाउन नदिने अठोट गर्दै काम गर्दै आएको जनाएका छन् । यो क्रममा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई निजी बनाउन खोजे जेल गएर पनि कलेजलाई सामुदायिक नै बनाएर छोड्ने उनको आशय थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेलले पनि सामुदायिक रुपमा उहिलेदेखि चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरुको लागि सह्य नहुने बताए । उनले यसको लागि जस्तोसुकै कदम अगाडि बढाउन पनि आफूहरु पछि नपर्ने बताए ।

बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण बिरामी परेजस्तै भएको भन्दै दुःख व्यक्त गरे ।

कलेजलाई बागमतीकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमति प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको स्मरण पनि उनले गरे । कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाललगायतले तत्कालिन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको स्मरण गरे ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ५० बजे

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो