गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर « Khabarhub

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ०२ बजे

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको