इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ « Khabarhub

इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतमा जारी इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिताबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनै नसक्ने जिकिर गरे ।

कार्यक्रममा उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको कार्यादेशबारे विवाद गर्नुको कुनै औचित्य नरहेको बताए ।

आयोगको कार्यादेशका बारेमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु बसेर यसअघि नै टुङ्गो लागिसकेकाले अहिले विवाद गर्नुको औचित्य नरहेको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले सरकार सबै किसिमको भ्रष्टाचारका प्रकरणहरु छानबिन गर्न तयार भएर बसेको जिकिर गरे । उनले माओवादी केन्द्र पहिचानसहितको संघियताको पक्षमा रहेकाले जनताको चाहनाअनुसार अघि बढ्ने धारणा राखे ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार