साफ यू–१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने « Khabarhub

साफ यू–१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २–१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार दिउँसो ५ः३० मा दथरथ रंगशालामा सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा सोही दिन दिउँसो १ः३० मा भुटान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको थियो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसअघि पहिलो हालमा सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खादै बाहिरिएपछि दुबै टीम १० खेलाडीमा सिमित भएको थियो ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ३२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।