धवलागिरिमा आउन थाले आरोही « Khabarhub

धवलागिरिमा आउन थाले आरोही


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् ।

शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धैलागिरि आधार शिविर पुगेका उनीहरुको सामान पु¥याएर फर्कनुभएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । “आरोहीहरु हेलिकप्टरबाट गएका थिए,” उनले भने, “हामीले मुस्ताङको मार्फाबाट एक सय पाँचवटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पु¥याएर फर्कियौँ ।” इलाइट र सेभेन समिट टे«कबाट पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनले बताए।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच÷पाँच पुरुष र महिला आरोहीले रु ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ । विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनिहरुबाट रु तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शूल्क सङ्कलन भएको छ ।

गत याममा चारवटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले रु एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।

शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ५३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्