ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना « Khabarhub

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ।

सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुरपुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम डट्स केन्द्रको संचालन हुने छ।

उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे। केन्द्रमा क्षयरोगीहरुको लागि निःशुल्क औषधि वितरण गरिनेछ।

ग्रान्डी मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको निर्देशक डा श्रेष्ठले बताए। ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको उनले बताए।

मुलुकमा अनुमानित क्षयरोगी अझै उपचारको पहुचमा आउन नसकेको बताउदै उनले डट्स केन्द्रको दाएरा बढाएर उपचार पनि गर्ने तथा तथ्याङ्क पनि संकलन हुने भएकाले केन्द्रहरु बढाउनु पर्ने बताए।

अझै हरेक वर्ष ७९ हजार संक्रमित थपिने गरेको तर ३७ हजार ५ सय ३१ मात्र उपचारको पहुचमा आउने गरको तथ्याङक रहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए। कार्यक्रममा टोखा नगरपालिकाका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले सामान्य तथा टिवी भनेको फोक्सोमा मात्र हुन्छ भन्ने भ्रम रहेको छ शरिरको कुनै पनि भागमा ट्युबरोक्युलोसिस हुन्छ। केवल नङ, कपाल र दाँतको बाहिरी भाग बाहेक जहाँ पनि हुने बताए।

त्यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख शेरबहादुर विसीले स्थानिय सरकारको दायित्व ११ ओटा स्वास्थ्य केन्द्रबाट दिइरहेका थियौ ‘पिपिएम’ मोडलबाट ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबाट पनि सहकार्य सुरु भए पछी निजि स्वास्थ्य संस्थाबाट सेवा लिने नगरवासीले पनि सहज रुपमा सेवा लिन सक्ने विश्वास रहेको बताए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : १८ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा