ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना | Khabarhub Khabarhub

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ।

सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुरपुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम डट्स केन्द्रको संचालन हुने छ।

उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे। केन्द्रमा क्षयरोगीहरुको लागि निःशुल्क औषधि वितरण गरिनेछ।

ग्रान्डी मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको निर्देशक डा श्रेष्ठले बताए। ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको उनले बताए।

मुलुकमा अनुमानित क्षयरोगी अझै उपचारको पहुचमा आउन नसकेको बताउदै उनले डट्स केन्द्रको दाएरा बढाएर उपचार पनि गर्ने तथा तथ्याङ्क पनि संकलन हुने भएकाले केन्द्रहरु बढाउनु पर्ने बताए।

अझै हरेक वर्ष ७९ हजार संक्रमित थपिने गरेको तर ३७ हजार ५ सय ३१ मात्र उपचारको पहुचमा आउने गरको तथ्याङक रहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए। कार्यक्रममा टोखा नगरपालिकाका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले सामान्य तथा टिवी भनेको फोक्सोमा मात्र हुन्छ भन्ने भ्रम रहेको छ शरिरको कुनै पनि भागमा ट्युबरोक्युलोसिस हुन्छ। केवल नङ, कपाल र दाँतको बाहिरी भाग बाहेक जहाँ पनि हुने बताए।

त्यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख शेरबहादुर विसीले स्थानिय सरकारको दायित्व ११ ओटा स्वास्थ्य केन्द्रबाट दिइरहेका थियौ ‘पिपिएम’ मोडलबाट ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबाट पनि सहकार्य सुरु भए पछी निजि स्वास्थ्य संस्थाबाट सेवा लिने नगरवासीले पनि सहज रुपमा सेवा लिन सक्ने विश्वास रहेको बताए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : १८ बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि