भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो | Khabarhub Khabarhub

भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको बताए ।

वित्तीय क्षेत्रमा निकै प्रतिष्ठित मानिने ब्लाकवाटर एसोसिएट्स नामक हेजफण्ड कम्पनीका संस्थापकसमेत रहेका डालियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनका पूर्वराष्ट्रपति देङ स्याओपिङसँग तुलना गर्दै भारतमा आर्थिक विकासको उच्च सम्भावना रहेको औल्याए ।

सन् २०१४ मा नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा १० औँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०२२ सम्म आइपुग्दा बेलायतलाई उछिन्दै पाचौँ ठूलो अर्थतन्त्र बनिसकेको छ ।

उनले इतिहासमा तटस्थ मुलुकहरुले धेरै प्रगति गरेको स्मरण गर्दै तटस्थ मुलुकका रुपमा भारतले लाभ लिनसक्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : ५१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार