सामाजिक सद्भाव कायम राख्न ख्रीष्टियन महासंघको अपील | Khabarhub Khabarhub

सामाजिक सद्भाव कायम राख्न ख्रीष्टियन महासंघको अपील


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ ।

महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । “सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” गहतराजले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।

त्यसैगरी अध्यक्ष गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ४० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार