चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग « Khabarhub

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । सोमबार साँझ संघले एक विज्ञप्ती जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भत्र्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । संघसँग गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरि यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही नगरिएको अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीर रुपमा प्रभावित हुने तर्फ नेपाल सरकार तथा सरोकारवाला निकायको यस संघ ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तीमा उल्लेख छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए । बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए ।

आइतबार मात्रै जिल्ला अस्पताल लमजुङका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो। कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०९ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर