घरको कुन दिशामा कुन बिरुवा रोप्ने ?  « Khabarhub

घरको कुन दिशामा कुन बिरुवा रोप्ने ? 


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

अधिकांश घर वरिपरि विभिन्न प्रकारका फुलका बिरुवा लगाएको देखिन्छ । घर वरिपरि फूल तथा अन्य बिरुवा रोप्दा निकै सुन्दर देखिन्छ ।

तर यसरी रोपिएका फूल तथा अन्य वनस्पति बिरुवालाई घर वरिपरि सही दिशा मिलाएर रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउनुका साथै नकारात्मक उर्जा बढाउँछ ।

धार्मिक मान्यताअनुसार उत्तर दिशामा फूल, बिरुवा रोप्दा घरमा चर्म रोग भित्रँदैन । वास्तुमा उत्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुला र हावायुक्त हुने भएकाले यो दिशामा हरियाली हुनु पर्दछ ।

उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु राम्रो मानिन्छ ।

वास्तुशास्त्र अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्दा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मिक विश्वास छ ।

वास्तुअनुसार दक्षिण मङ्गलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्पन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुक्ति पाइन्छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन दिँदैन ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ६ : ५१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण