मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन | Khabarhub Khabarhub

मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । 

गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन– एन–एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

हेलिकोप्टर दुर्घटनामा पाइलट सेढाईंको शरीरको ४५–५० प्रतिशत भाग जलेको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : २९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका