पत्रकार पराजुलीको 'ड्रिमी आइज' बजारमा | Khabarhub Khabarhub

पत्रकार पराजुलीको ‘ड्रिमी आइज’ बजारमा


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतारेका छन् । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिए । 

कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन् । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । 

यस सङ्ग्रहमा  १७ वटा कथा समावेश गरिएको छ । कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  १२ : ०५ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै