गाजामा आक्रमणका लागि हामी तयार छौँ : आईडीएफ प्रमुख | Khabarhub Khabarhub

गाजामा आक्रमणका लागि हामी तयार छौँ : आईडीएफ प्रमुख


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

इजराइल इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि आक्रमणका लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ । 

इजराइलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने, ‘हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु ।’

उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताए । 

अक्टोबर ७ मा हमासको इजराइलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जबाफी आक्रमणमा भएको ढिलाइबारे उनले भने, ‘यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ ।’ उनका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ । 

‘अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ’, हमासले इजराइली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उनले भने, ‘हामीले उनीहरूलाई तनावमा राखेका छौँ ।’

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ३ : ४७ बजे

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण

परम्परागत घारमै मौरी पालेर मनग्य आम्दानी गर्दै दिनेश

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश