तस्विर- एपी

क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहरण 

By खबरहब

October 25, 2023

याउण्डे– सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ । 

स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जानकारीमा आएको छ । 

त्यसको  ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण गरेको सुरक्षा स्रोतले बताएको छ । मङ्गलबार राति यस क्षेत्रका सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारी अनुसार बन्धकहरूको  खोजी भइरहेको छ।

सन् २०२१  देखि क्यामरूनको उत्तरी क्षेत्र हतियारधारी डाकुहरूको निरन्तर हिंसात्मक अपहरण र आक्रमणको केन्द्रमा रहेको छ।