विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या | Khabarhub Khabarhub

विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन् । 

अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन । 

नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् । शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन् । 

‘विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन’, विद्यालयका प्रधानाध्यापक धर्मा ऐरले भने, ‘कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।’ विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन् । विद्यालयमा एक सय ६२ विद्यार्थी रहेका छन् ।

विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए। ‘विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो’, उनले भने, ‘यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ ।’

उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ । शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वतःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ । 

विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताए । ‘विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ’, उनले भने, ‘सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिर्वाय रुपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ ।’ 

जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमनसमेत नगरेको उनको गुनासो  छ । विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन । कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरूको भनाइ रहेको छ । विद्यालय विसं २०६५ मा स्थापना गरिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ०१ बजे

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले

छुम्बी लामा बने क्यानको प्रवक्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री