अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड « Khabarhub

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

बैतडी– अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ ।

तोडफोड गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : ०१ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली