पूर्वराजा शाहले आज झापामा सम्बोधन गर्ने   « Khabarhub

पूर्वराजा शाहले आज झापामा सम्बोधन गर्ने  


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएका छन् ।

शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् ।

बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुगेका छन् । 

उनी हिजो मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा बास बसेका छन् । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटाको हो । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।

काठमाडौंमा दुर्गा प्रसाईंलगायत राजावादीहरूको आन्दोलन चलिरहँदा पूर्वराजा शाहको झापा भ्रमणलाई महत्वका साथ हेरिएको छ । यद्यपि पूर्वराजा झापा जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो । 

यो पनि पढ्नुहोस् :

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ४८ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको