आफ्नै साथीबाट पोर्चुगलमा एक नेपालीको हत्या « Khabarhub

आफ्नै साथीबाट पोर्चुगलमा एक नेपालीको हत्या


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.3k
Shares
  • change font
  • change font
  • change font

लिस्बन– आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइएको खड्काले बताए । 

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्तामा बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।

मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ०४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी

राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पारे : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर