‘एनिमल’ले तोड्यो पठान र जवानको रेकर्ड « Khabarhub

‘एनिमल’ले तोड्यो पठान र जवानको रेकर्ड


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालै रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपुर र बबी देओल स्टारर फिल्म एनिमलको ट्रेलर रिलिज भएको थियो । जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो फिल्मलाई ब्लकबस्टर भन्न थालेका छन । 

यसैबीच, एनिमलको ट्रेलरले पठान, जवान र टाइगर ३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

एनिमलको हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि एनिमलको ट्रेलरले छोडेको छ । तर, प्रभासको आदिपुरुषलाई हराउन भने असफल साबित भएका छन्  ।

सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्ट अनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६.५ पटक हेरिएको थियो।

दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर रहेको छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको एनिमलको ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा राधे श्याम ५७.५ मिलियनसहित छन् । पाँचौं नम्बरमा रहेको जवान प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।

आरआरआर छैटौँ स्थानमा छ, जसले ५१.१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कर’ले ५०.९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा साहो छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित सर्कस नवौँ र सम्राट पृथ्वीराजको ट्रेलर ४३.८ मिलियन भ्युसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण