वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ : उपराष्ट्रपति यादव


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९ औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सवै गम्भीर हुनुपर्ने बताएका हुन् ।

वनको दिगो व्यवस्थपन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको उनको भनाइ छ । उनले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको धारणा राखे ।

हालै गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको बिषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेसका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : ५९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार