गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री « Khabarhub

गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- गाजा पट्टीमा बन्धक बनाइएका १२ जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताएका छन् । थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको  प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् ।

बन्धकहरू इजरायल प्रवेश गरेको तथा उनीहरुलाई हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएका छन् ।

रिहा गरिएका बन्धकहरूलाई उनीहरूको मेडिकल सुविधामा आइपुगेपछि सहयोग गरिनेछ जहाँ उनीहरूलाई ४८ घण्टाको मेडिकल सुपरिवेक्षणमा राखिनेछ र बाहिरका मानिसहरूको पहुँच हुनेछैन, विज्ञप्तिमा भनिएको छ ।

हमास र इजरायलले यस हप्ताको सुरुमा गाजापट्टीमा चार दिनको युद्धबिराममा सहमति जनाएका थिए । सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी रहेका एक सय ५० प्यालेस्टिनी बन्दीहरूको बदलामा गाजाबाट कम्तीमा ५० जना बन्धकहरूलाई रिहा गर्ने छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ०४ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६