चीनमा ५ देशका नागरिकले बिना भिसा प्रवेश पाउने « Khabarhub

चीनमा ५ देशका नागरिकले बिना भिसा प्रवेश पाउने


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ५ देशका नागरिकका लागि बिना भिसा प्रवेशको व्यवस्था गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्स, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्मका लागि बिना भिसा प्रवेशको व्यवस्था मिलाएको हो ।

‘चीनले पाँच देशका नागिरकलाइ भिसा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिनसम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् ।

चीनको उच्च गुणस्तरीय विकास र खुलापनको प्रवर्द्धनका लागि मद्दत गर्न यस्तो व्यवस्था गरिएको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन् ।

हाल अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । तर, छुटका दुर्लभ उदाहरणहरूमा सिंगापुर र ब्रुनाईका नागरिकहरू समावेश छन्, जो व्यापार, पर्यटन, पारिवारिक भ्रमण र ट्रान्जिटको लागि १५ दिन भन्दा बढीको लागि बिना भिसा चीनमा प्रवेश गर्न पाउँछन् ।

मार्चमा मात्रै चीनले फेरि सबै प्रकारका भिसा जारी गर्न थालेको थियो । मार्च २०२० मा चीनले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै कडा यात्रा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : १७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको