सरकारले राम्रो काम गर्न नसकेकाले अराजकता बढ्यो : अध्यक्ष ओली « Khabarhub

सरकारले राम्रो काम गर्न नसकेकाले अराजकता बढ्यो : अध्यक्ष ओली


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन् ।

नेपाल संवत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका हुन् ।

उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सरकारले गरेको गल्तीको भागिदार सरकारमा रहेका दलहरु नै हुने उनले बताए । अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे । देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरे ।

उनले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले जनतालाई जात धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशकाविरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्क्तिमा उभिएर लड्न तयार रहेको जिकिर गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको