किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल « Khabarhub

किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गरेका छन् ।

मर्चवारको कोटहीमाई–४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको आज उद्घाटन गर्दै मन्त्री भुसालले सरकार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न लागेको बताए ।

‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ’, मन्त्री भुसालले भने, ‘कृषि सबैका लागि प्राथमिकताको विषय भएकाले अहिलेको सरकार कृषि उत्पादनमा वृद्धि गर्न चाहन्छ ।’

उनले कुनै पनि संरचना निर्माण गर्नुभन्दा त्यसको नियमित र व्यावहारिक सञ्चालन हुनु महत्त्वपूर्ण भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक भएको बताए ।

सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गरेको बताउँदै उनले भने, ‘जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ । मलको समस्या छैन ।’

उनले ‘प्रधानमन्त्री गहुँजोन’लाई सरकारले निरन्तरता दिइने बताए। ‘अब देशमा दक्ष र प्राविधिक जनशक्ति उत्पादन हुनेछन् । देशलाई यान्त्रिकरण तथा कृषि औद्यौगीकरणतर्फ लग्दै हामीले हाम्रा कृषि उत्पादन पुनः भारतलाई बेच्न सक्षम हुनेछौँ’, उनले भने।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : १० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको