महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।

हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्वपूर्ण सहयोग पुग्न विश्वास व्यक्त गरिन् । हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।

‘हाम्रो देशमा लैङ्गिक समानता र महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणाम स्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्था गरिएपछि राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि हुनाको साथै महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

तथापि, समाजमा विद्यमान अन्धविश्वास, पछौटेपन र सचेतनाको अभावका कारण बालविवाह, बहुविवाह, दाइजो, तिलक तथा छाउपडी प्रथा, बोक्सीको आरोप जस्ता विभेदजन्य कुप्रथाहरू पूर्णरूपमा निर्मूल गर्न अझै नसकेको बताइन् । त्यसैगरी घरेलु हिंसा, यौन दुव्र्यवहार, एसिड आक्रमण, महिला बेचबिखन, बलात्कार र हत्या जस्ता महिलाविरुद्ध हुने हिंसाजन्य घटनासमेत दैनिकजसो घटिरहेको र प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूपसमेत प्रकट भइरहेका उनको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ३४ बजे

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले